अष्ट्रेलियामा १५ सेप्टेम्बरमा विज्ञ सम्मेलन हुने

गते प्रकाशित

अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ।

आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलन कै पूर्व तयारीको रुपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी समेत गरिने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए।

यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहने छ।

अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउने भएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।