मान्छेको मासु खाने र लाससँग एकान्तमा बस्ने क्रुर तानाशाह !

गते प्रकाशित

युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए ।

एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए ।

उनले आफ्नो ८ वर्षको शासनकालमा उनले क्रुरताको यति धेरै विभत्स उदाहरणहरु प्रस्तुत गरे जसले उनलाई आधुनिक इतिहासकै एक क्रुर तानाशाहको रुपमा चिनायो ।

एसियालीहरुलाई देश निकाला

सन् १९७२ को अगस्ट ४ मा बिबिसीको दैनिक बुलेटिनमा अचानक एउटा स्तब्ध बनाउने समाचार सुनियो ।

समाचार भनिएको थियो युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएका छन् ।

अमिनले देश छोड्नको लागि उनीहरुलाई ९० दिनको समय दिइने पनि बताएका थिए ।

अमिनका अनुसार उनले सन् १९७२ को अगस्ट ४ मा अचानक एक सपना देखेका थिए । त्यसपछि उनले युगाण्डाको टोरोरोमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै सपनामा अल्लाहले उनलाई सबै एसियालीहरुलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेका बताउँदै यस्तो आदेश दिए ।

अमिनले भनेका थिए, ‘एसियालीहरु आफै युगाण्डावासीहरुसँग अलग भएका छन् र उनीहरुले युगाण्डाबासीसँग घुलमिलहुने कुनै कोसिस गरेका छैनन् । उनीहरुको स्वार्थ नै युगाण्डालाई लुट्ने हो । उनीहरुले गाइ दुहुन्छन् तर त्यसलाई घाँस खुवाउने काम गर्दैनन् ।’

कर्णेल गद्दाफीको सल्लाहमा एसियालीहरुलाई निकालेका थिए

सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक लिएनन । उनीहरुले सुरुमा अमिनले सनकको भरमा यो घोषणा गरेको सोचे तर केही दिनपछि नै उनीहरुलाई अमिनले साँच्चै देशनिकाला गर्न खोजेको थाहा भयो ।

अमिनले उनलाई यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । तर, अमिनको शासनमा बहुचर्चित पुस्तक ‘घोस्ट अफ कम्पाला’ का लेखक जर्ज इभान स्मिथले लेखेका छन्, ‘यसको प्रेरणा उनलाई लिबियाको तानाशाह कर्णेल गद्दाफीबाट मिलेको थियो ।’

स्मिथका अनुसार गद्दाफीले उनलाई देशको अर्थ व्यवस्थामा पुरै नियन्त्रण भएमात्रै उनको सत्ता बलियो हुने बताएका थिए । उनले जसरी आफ्नो देशमा इटालियनलाई पछाडि हटाए त्यसैगरि अमिनले पनि आफ्नो देशबाट एसियालीहरुलाई हटाउन पर्ने सल्लाह दिएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।