सेयर बजार निरन्तर ओरालो : यी बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक सस्तो

गते प्रकाशित

काठमाडौँ । सेयर बजार घट्दो क्रमसँगै झण्डै आइपिओकै मूल्यमा दोस्रो बजारमा सेयर पाउन थालिएको छ । अधिकांश विकास बैंकको सेयर मूल्य निकै सस्तो देखिएको छ । यता केही वाणिज्य बैंकको पनि सेयर मूल्य झण्डै–झण्डै आइपिओकै हारहारीमा झरेको छ। धेरै जसो जलविद्युत कम्पनी र फाइनान्स कम्पनीको सेयर मूल्य पनि सस्तो देखिएको छ।

रोचक कुरा के छ भने केही कम्पनीको त सेयर मूल्य आइपिओ भन्दा सस्तो छ । ७६ रुपैयाँसम्ममा पनि दोस्रो बजारमा सेयर किन्न पाइन्छ । निरन्तर सेयर ओरालो लागेपछि अहिले धेरैजसो लगानीकर्ताहरु घाटामा छन् ।

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि लगानीकर्ताहरुले बारम्बार अर्थमन्त्रीलाई गुहारेका छन् । लगानीकर्ताले बारम्बार सेयर बजारमा विषयमा गुनासा ल्याउन थालेपछि यता अर्थमन्त्री डा. युवराज खतिवडाले भने अझै ६ महिना पर्खन भनेका छन् ।

पछिल्लो समय सेयर बजार घट्ने क्रम जारी रहेको र लगानीकर्तामा उत्साह नदेखिँदा कस्ता कस्ता कम्पनीका सेयर मूल्य सबैभन्दा सस्तो भएको छ भनेर हामीले केलाउने प्रयास गरेका छौँ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।