यती एयरलाइन्सको विमान दुर्घटना : ११ घण्टादेखि त्रिभुवन विमानस्थल बन्द

गते प्रकाशित

काठमाडौँ। यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ। नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो।

शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो। दुर्घटनामा कुनै मानवीय क्षति भएन।

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ।

अवरुद्ध विमानस्थल अबको आधा घण्टामा पुनः सञ्चालनमा आउने विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अफिसर सीताराम भण्डारीले जानकारी दिए। विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा आयोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।