The news from New Generation with new vision.

घाईते काँग्रेस नेता कार्कीलाई सांसद खड्काले गरे एक महिनाको तलब सहयोग

काठमाडौं । प्रतिनिधिसभा सांसद डा. नारायण खड्काले बम आक्रमणमा परी घाईते भई उपचाररत काँग्रेस नेता नारायण कार्कीलाई एक महिनाको तलब सहयोग गरेका छन् ।

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा उदयपुर क्षेत्र नं १ बाट बिजयी सांसद डा. खड्काले आज बिहान कार्कीको निवास पुगेर सांसदको एक महिनाको तलब (५५ हजार २ सय ३०) सहयोग गरेको हुन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका बेला उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कार्की चुनावी प्रचारको क्रममा मिति २०७४।०८।१३ गते उदयपुरगढी नगरपालिका–६ स्थित दनुवारबेसीमा भएको बम प्रहारमा गम्भीर घाइते भई लामो समयदेखि उपचाररत छन् ।

उपचारकै क्रममा उनले एउटा खुट्टा समेत गुमाईसकेका छन् । उनी २०६४ को संविधान सभा सदस्य समेत हुन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   राप्रपाले धर्मनिरपेक्षताको ब्यानर जलायो, दर्जनौं नेता-कार्यकर्ता पक्राउ
सम्बन्धित पाेष्टहरु