राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

गते प्रकाशित

काठमाडौं ।कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिनुभयो ।

उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गर्नुभयो । प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   थाहा पाउनुहोस्, आज को बाहिरिदै छ नेपाल आईडलबाट?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।