अपहरण गरी बालकको हत्या , प्रहरी ‘इन्काउन्टर’ मा दुई अपहरणकारी मारिए

गते प्रकाशित

भक्तपुर । काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ । ११ वर्षीय निशान खड्काको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिएको हो ।
भक्तपुरको ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी मनोज न्यौपानले जानकारी दिए ।

अपहरणकारीले आइतबार बालकको अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा दुईजना अपहरणकारीसमेत मारिएका छन् । मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

अपराध महाशाखाको टोलीले भक्तपुर कै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जंगलमा सोमबार दिउँसो अपहरणकारीलाई ‘इन्काउन्टर’ गरी मारेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीले नैतिकता गुमाएः कांग्रेस नेता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।