गाईको गोबरबाट फेशनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् अवार्ड

गते प्रकाशित

एजेन्सी । नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ ।

एसाइदीका अनुसार यो भविष्यको फेब्रिक हो । गोबरलाई फोहोर, दुषित र गन्हाउँछ भन्दै यसको वरिपरि नै नबस्नेहरुका लागि एसाइदीको पहिरनले निकै चकित तुल्याएको छ । उनी भन्छिन्, ‘हामीले गोबरको सेल्युलोजमा लुकेको सुन्दरता संसारलाई देखाउनुपर्छ । ’

एसाइदी अहिले १५ किसानसँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेकी छिन् । उनले यसवर्ष औद्योगिक स्तरमा मेन्योर रिफाइनरी युनिट सुरु गर्ने जानकारी दिएकी छिन् । यसका लागि उनले दुई लाख डलरको चिवाज भेन्चर एण्ड एचएण्डएम फाउन्डेशन ग्लोबल अवार्ड पनि पाएकी छिन् ।

प्रकृतिको संरक्षण हुनेछः

कपडाको खुद्रा विक्रेता एचएण्डएमका कम्युनिकेशन म्यानेजर मालिन बोर्नका अनुसार संसारभरी हरेक वर्ष प्राकृतिक स्रोतसाधनको आवश्यकताभन्दा बढी नै प्रयोग भइरहेका छन् । त्यसकारण चाँडै नै त्यस्तो तरिका अपनाउनुपर्छ जहाँबाट आवश्यक सामग्रीलाई पुनः प्राप्त गर्न सकियोस् । कपासको भरोसामा मात्र बस्न नसकिने धेरैले बताएका छन् । थुप्रै कपडा निर्माताले एसाइदीलाई मेस्टिकबाट कपडा बनाउने विश्वास दिलाएका छन् किनभने यो सस्तो छ । प्रोजेक्टसँग जोडिएका किसानले आफू दिनभरी गोबरको बीचमा बस्न सक्ने भएकाले यसबाट बनेको कपडा लगाउन कुनै आपत्ति नभएको बताए ।

यसरी बनाइन्छ गोबरबाट रेशाः

जलिला एसाइदीका अनुसार सेल्युलोज बनाउने प्रक्रिया केमिकल र मेकानिकल हुन्छ । ‘हामी जुन गोबर र गहुँत पाउँछौं, त्यसमा ८० प्रतिशत पानी हुन्छ । गिलो र सुकेको भागलाई अलग्गाइन्छ । गिलो भागमा गाइले खाने घाँस र मकै हुन्छ ,’ उनी भन्छिन्, ‘सामान्य कपडा उद्योगभन्दा हाम्रो प्रक्रिया निकै राम्रो छ किनभने गाईको पेटबाट फाइबर नरम बनेर आएको हुन्छ । यो ऊर्जा बचत गर्ने तरिका पनि हो । वैज्ञानिकले यो प्रक्रियाबाट पाइने सेल्युलोज उच्च प्रविधियुक्त हुने बताएका छन् । ’

यो पनि पढ्नुहोस् :   पोर्न फिल्म सुटिङबारे १० रहस्य, जसले बनाउनेछ तपाईलाई चकित !

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।