उपत्यकामा दिउँसै चक्कु देखाएरै ६ लाख रुपैयाँ लुटे

गते प्रकाशित

भत्तपुरमा आज दिउँसै लुटपाट भएको छ । आज दिउँसो भत्तपुरमा दुई जनाको समुहले चक्कु देखाएर लुटपाट गरेका हुन् । प्रहरी काअनुसार उनिहरुले ६ लाख रुपैयाँ लुटेका छन् । भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाट, कहाँल्चामा लुटपाटको घटना घटेको जिल्ला प्रहरी कार्यालय भत्तपुरले जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने ५४ वर्षीय परशुराम बजगाईसँग रहेको ६ लाख रुपैयाँ उनिहरुले लुटेका हुन् । घरबाट ल्याएको चार लाख रुपैयाँ र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको दुई लाख गरि उनीसँग ६ लाख रुपैयाँ थियो । लुटेराको समुह मोटरसाईकलमा आएको प्रहरीको भनाइ छ ।

आज दिउँसो सुर्यविनायक घर तर्फ जाँदै गर्दा लुटपाट भएको पिडितले जानकारी दिएका छन् । एकान्तमा पारेर मोटरसाइकलमा मास्क लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   धोविखोलामा आएको बाढीले डुबायो काठमाडौं

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।