त्रिशूली बस दुर्घटना : ७ काे मृत्यु, २३ घाइते

गते प्रकाशित

चितवन । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा मृतककाे संख्या ७ पुगेकाे छ भने घाइतेकाे संख्या २३ पुगेकाे छ ।

ज्यान जानेमा काठमाडाैंका रविन गुरुङ, तनहुँ केवशटारका बावुराम तिवारी, तनहुँ भानु-५ का सुमित श्रेष्ठको पहिचान भएकाे छ भने अन्य ४ जनाकाे पहिचान हुन भने पहिचान खुल्न सकेको छैन ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र उद्दारको काम पनि भइरहेको बताइएकाे छ ।

दुर्घटनामा जम्मा कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन ।

मुग्लिन र कुरिनटारको बिचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दि‌ंदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आजको राशिफल : मिति २०७५ साल साउन २८ गते ,द्धितिया तिथि सोमबार

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।