डा.केसी र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति,आजै अनसन तोडिँदै

गते प्रकाशित

काठमाडौं। डा.गोविन्द केसीका प्रतिनीधि र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति भएको छ। २७ दिनदेखि अनसनरत डा.केसीका प्रतिनीधि र सरकारी वार्ता टोलीबीच प्रधानमन्त्री कार्यालय सिंहदवारमा बिहीवार भएको वार्ता सात बुँदे सहमतिमा टुंगिएको हो।

सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका एक सदस्यले जानकारी दिए। मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो।

प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो।सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्नेछन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।