वेपत्ता भएका पोखरा महानगरका वरिष्ठ अधिकृत मृत फेला

गते प्रकाशित

कास्की। पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् ।

तीन सातापछि वेपत्ता भएका पौडेलको शव शनिबार विहान तनहुँको भिमाद स्थित सेती नदी किनारमा शव फेला परेको हो । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।

प्रहरीले उनको हत्या हो या आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि प्रहरीले पौडेल पोखरास्थित महेन्द्रपुलबाट हाम फालेको हुन सक्ने आशंका गरेको थियो । उनको शब क्षतविक्षत अवस्थामा भेटिएको पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।