ओखलढुंगामा पहाड खसेर खोला थुनिदाँ १४ घर जोखिममा ,सुरक्षित स्थानमा सारिदै

गते प्रकाशित

ओखलढुंगा । सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीमा पहिरो जाँदा १४ घर तामाङ बस्ती जोखिममा परेको छ । निरन्तरको बर्षाका कारण गाँउमाथिबाट जोराल डाडाँ पहाड खसेर बैशाखे खोलमा थुप्रिदा उक्त क्षेत्रका १४ घर परिवार जोखिममा परेका हुन् ।
खोलामा पहाड खसेर थुप्रिएपछि खोला थुनिएको र खोलाले स्थानियको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानीय कर्णबहादुर तामाङले बताए ।
पहिरो स्थानीयको घर छेउसम्मै आईपुगेको उनको भनाई छ ।
१४ घर स्थानिय मध्ये केहीको शौचालय तथा कटेरा समेत बगाएको छ । हाल उक्त क्षेत्रमा गाँउमाथिबाट नवलपुरघाट दुधकुण्ड सडकको ट्रयाक खनिदै छ । पहाडको बाटो भएर ट्रयाक खनिएकाले पहिरो गएको स्थानीयको भनाई छ । खोला कटान तथा पहिरोका कारण स्थानीय कर्णबहादुर तामाङ, सुवाससिङ तामाङ ,लाक्पा तामाङ, पुर्ण बहादुर तामाङ, हर्क बहादुर तामाङ र डम्बर बहादुर तामाङको घर जोखिममा परेको छ ।
त्यस्तै सोही स्थानका रत्न बहादुर तामाङ, धनमाया तामाङ, पेमामाया तामाङ ,दमाई तामाङ ,चिनिमाया तामाङ,जोते तामाङ,जानुुमाया तामाङ, पेमामाया तामाङ तथा पदममाया तामाङको घर समेत जोखिममा परेको स्थानियले बताए । माथीबाट नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको हुनसक्ने सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष जनक कार्कीले बताए ।‘उक्त स्थानमा नयाँ सडकको ट्रयाक खनिएको छ उनले भने । अब बर्खाको सिजन छ ससाना पहिरो जनु त सोभाबिकै हो ।’ त्यहाँ पनि माथिबाट ट्रयाक खनिएकाले पहिरो बगेर खोला थुनिदाँ उक्त खोला गाउँ पसेको उनको भनाई छ ।

अहिले उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न प्रहरीको टोली जादैछ । तत्काल पहिरो पिडित परिवारलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाले १५ थान त्रिपाल पठाएको छ । उनीहरुलाई सुरक्षित स्थानमा बस्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   लाठीले हानेर ८० बर्षका हजुरबुबाको हत्या 

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।