नेबिसंघ विवाद थप उग्र, असन्तुष्ट समूहद्वारा महाधिवेशन घोषणा

गते प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको चरम विवाद देखिएको छ ।

अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितको असन्तुष्ट समूहले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बनेको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ ।

असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ । विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको बताईएको छ । योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ ।

मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।