लमजुङमा अलैँचीको बिरुवा नबिक्दा किसान मर्कामा

गते प्रकाशित

लमजुङ। पाँच वर्षअघि लमजुङमा अलैँचीको बिरुवा अन्यत्रबाट ल्याउनुपर्दथ्यो । अलैँचीको बिरुवाको माग बढेसँगै जिल्लाका अधिकांश किसानले अलैँची खेतीमा भन्दा बिरुवा उत्पादनमा जोड दिए ।

छोटो समयमै राम्रो कमाई हुन सक्ने भएकाले पनि किसानहरु बिरुवा उत्पादनमै बढी केन्द्रित भए । अलैँचीको बिरुवाको माग र मूल्य दुवै उच्च भएकै कारण केही समय बिरुवा बिक्रीबाट मात्रै पनि यहाँका किसानले मनग्य कमाए । यहाँ उत्पादित बिरुवा लमजुङसहित पर्वत, स्याङ्जा, गोरखा, तनहुँ र कास्कीसम्म पुग्थे ।

तर पछिल्ला केही वर्षमा जिल्लामा उत्पादित अलैँचीको बिरुवा बिक्री हुन सकेको छैन । लाखौँ खर्चेर नर्सरी स्थापना गरी अलैँचीको बिरुवा उत्पादन गरेका किसान उत्पादित बिरुवा बिक्री नहुँदा चिन्तित बनेका छन् ।

लमजुङमा बर्सेनि अलैँचीको बिरुवा उत्पादन बढेको छ । बिरुवाको मूल्य भने बर्षेनि घट्दो छ । सस्तिएको अलैँचीको बिरुवा समेत बिक्री नहुँदा किसानलाई पर्नुसम्मको पीर परेको छ । गएको वर्ष मात्रै २ लाख अलैँची बिरुवा बेचेका क्वहोलासोँथर गाउँपालिका–८, घाम्राङका अलैँची बिरुवा उत्पादक किसान इश्वर गुरुङको यसवर्ष एउटा पनि बिरुवा बिक्री भएको छैन ।

‘१५ रोपनी जग्गामा नर्सरी बनाएको छु । बिरुवा हुर्काएको छु । तर उत्पादित बिरुवा बिक्री भएको छैन । बिरुवा बिक्री नहुँदा साह्रै समस्या भएको छ । लगानी त बाुलवामा पानी नै हुने भो,’ उहाँले दुखेसो पोख्नुभयो ।

केही वर्षअघि अलैँचीले राम्रो मूल्य पाउँथ्यो । किसानहरु बिरुवा किनेरै अलैँची खेती गर्न लालयित बन्थे । पछिल्ला वर्षहरुमा अलैँचीको मूल्य घट्दो छ । किसानहरुले बिरुवा किनेर अलैँची लगाउनै छाडेका छन् ।

तामाङका अनुसार किसानले लाखौँ लगानी गरी हुर्काएका अलैँचीका बिरुवा बिक्री नहुँदा किसानको लगानी डुब्ने खतरा छ । उत्पादित बिरुवा सम्बन्धित निकायले खरीद गरी किसानलाई वितरण गर्न सकेको खण्डमा उत्पादित बिरुवाले बजार पाउँछ । अलैँचीको खेतीको क्षेत्र विस्तार हुन्छ । देशमा अलैँची उत्पादनमा पनि वृद्धि हुन्छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जाजरकोटमा यात्रुहरुले हिलो सडकमा फसेको गाडी डोरीमार्फत तान्दै

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।