नेपालमा आयो बाढी आउनु भन्दा तीन दिनअघि नै जानकारी दिइने यन्त्र

गते प्रकाशित

काठमाडौ । मनसुन सुरु भएसँगै विभागले मनसुन आपतकालीन कार्ययोजना जारी गरेको छ । विकसित देशहरुमा जस्तै वर्षात , बाढीलगायतको जानकारी दिनका लागि विभागले प्रबिधिको विकास गरेको छ ।जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन आपतकालीन कार्ययोजना २०७५ मा तीन दिन अघिनै ठूला नदी प्रवाहमा हुनसक्ने बाढीको जानकारी दिने उल्लेख छ ।

देशका ठूला नदीनालाहरुमा आउन सक्ने बाढी तथा हिमताल विष्फोटनलगायतका कारणले हुनसक्ने बाढीको पूर्वजानकारी प्राप्त हुने भएको छ ।देशका बाढी प्रभावित विभिन्न नदी नालाहरुको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विष्फोट वा अन्यकारणले उत्पन्न हुनसक्ने बाढी समेतको लागि सूचना प्रवाह गर्न बाढी पूर्वानुमान शाखा मनसुनको अवधिभर चौबिसै घण्टा खुला रहने भएको छ ।

विभागको कार्ययोजनामा भनिएको छ ‘देशका मुख्य नदीनालाहरु कोशी, गण्डकी, कर्णाली, बागमती र पश्चिम राप्ती लगायतको बाढी पुर्वानुमान तीन दिन अगावै गर्ने गरि कम्प्युटर मोडेलको विकास गरिएको छ । यी ठूला नदीको बाढी पूर्वानुमान गरि सम्बन्धित सरोकारवालाहरुलाई यस वर्षदेखि विधिवत जानकारी गराइनेछ ।’

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बिर्सिएर पनि नखोजौं गुगलमा यी कुरा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।