स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

गते प्रकाशित

काठमाडौं । स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो ।

फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएसियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।