युवा लेखक थपलियाको “१००% लाईफ” बजारमा

गते प्रकाशित

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक “१००%” लाईफ अर्थात् सत प्रतिसत जीवन विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन भएको छ ।

उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् । १००% लाईफ पुस्तक सगरमाथामा बिमोचन गरिएको नेपाली आप्रबासीको यो पहिलो पुस्तक हो । १००% लाईफ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकासित कृती हो। उक्त कृतीमा मान्छेको जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ।

उक्त पुस्तकमा जीवनलाई कसरी रुपान्तरण गर्ने र  आफुलाई कसरी मानसिक रुपमा बलियो बनाउने भन्ने कुरालाई बिशेष जोड दिइएको छ। सत प्रतिशत जीवन किताबको शिर्षकले भने जस्तै मानिसलाई जीवन सत प्रतिशत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरामा  यो पुस्तक किताब केन्द्रित रहेको छ। पुस्तक २ सय ५६ पन्ना को रहेको छ ।

पुस्तकको बिषयमा लेखक राजन थपलिया भन्छन्, यो साहसीहरुले पढ्ने पुस्तक हो। परिवर्तनमा बिश्वास गर्नेहरुले पढ्ने किताब हो। हिजो जे भयो भयो अब आजबाट बदलिन चाहनेहरु ले पढ्ने किताब हो । सपना भने को ठुलो देख्नु पर्छ ,यदी जीवनमा ठुलो काम गर्नु छ भने। सबै सपनाहरु पुरा हुँदैनन्, यदी इक्षा शक्ती कमजोर छ भने।

लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टा र पैतालाका चिकित्सकका विद्यार्थी समेत हुन् । पूर्णकालिन लेखनमा ब्यस्त थपलिया आफूलाई लेखक भन्दा पनि राम्रो पाठक भन्न रुचाउँछन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।