मोरक्को बाहिरियो, रोनाल्डोको गोलले अन्तिम १६ मा पोर्चुगल लगभग पक्का !

गते प्रकाशित

काठमाडौं । मोरक्कोलाई हराउँदै पोर्चुगलले अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको छ।

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोल अन्तरले हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको हो ।

खेलमा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफको चौथो मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। 

उनले कर्नरमार्फत आएको बलमा उत्कृष्ट हेड गोल गरे। जारी विश्वकपमा उनको यो चौथो गोल हो। यसअघि पहिलो खेलमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए। पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३-३ गोलको बराबरीमा रोकिएको थियो।

पहिलो खेलमा इरानसँग १-० गोल अन्तरले पराजित भएको मोरक्को बाहिरिएको छ। २० वर्षपछि विश्वकपमा फर्किएको मोरक्को अन्तिम खेल अगाडिनै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मलेसियामा सुतिरहेकै अवस्थामा एक नेपालीको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।