नेबि संघ कब्जा गर्न खोजेको आरोप

गते प्रकाशित

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महामन्त्री कुन्दन राज काफ्ले , चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश रानाले कांग्रेस सभापति शेरबहादुर देउवालाई अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी ध्यानकार्षण गराएका छन् ।

महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले  जानकारी गराएका हुन् ।

अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीले नैतिकता गुमाएः कांग्रेस नेता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।