विश्वकप २०१८ विश्वकपमा दक्षिण अमेरिकी टाेलीलाई हराउने पहिलो एसियाली देश बन्यो जापान

गते प्रकाशित

काठमाडौं । विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ ।

जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि जापानले पेनाल्टी पाएको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए । डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए । 

सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् । स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो ।

जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे । खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले केइसुके होन्डाले प्रहार गरेको कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै २–१ को जित सुनिश्चित गरे । समूह एच अन्तरगत आजै साँझ पौने ९ बजे पोल्यान्ड र सेनेगलले खेल्दैछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मलेसियामा सुतिरहेकै अवस्थामा एक नेपालीको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।