मासिक राशिफल : आसार १ गतेदेखि ३० गतेसम्म, हेर्नुहोस् …

गते प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यो अवधि राम्रै छ । राशिस्वामी मङ्गलको प्रभाव पनि अनुकूल छ, लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ ।

सातौं भावमा बृहस्पति बक्री हुँदा प्रेम, प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा भने निराशा हुनेछ । साझेदारीका काममा झमेला आउने छ, त्यसैले भाग्यका मार्गमा अवरोध सिर्जना हुनेछ । उता चौथो राहुले घरमा कलहको वातावरण सिर्जना गर्नसक्छ, त्यस्तै मानसिक रूपमा कमजोर भइने छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २१, २२, २९, ३०, ३१, गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् गणेशको उपासना गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दोस्रो घरमा रहेको सूर्यको फल अनुकूल हुनेछैन, शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । आर्थिक दृष्टिले राम्रो समय छैन, सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको बेस हुनेछ । राशिस्वामी शुक्रले तेस्रो र चौथो घरमा भ्रमण गर्ने हुँदा केही आशावादी बन्न सकिन्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ ।

पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । भाग्येश शनिश्चर आठौं भावमा बक्री रहेकाले महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । यात्रा गर्दा र सवारीमा सचेत हुनु राम्रो हुन्छ, सामान्य दुर्घटनाको जोखिम पनि देखिन्छ । खासगरी यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४, २५, ३१ र ३२ गते तपाईंले सतर्कता अपनाएको जाति हुन्छ । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले घरमा रुद्री पूजा गराउने, भगवान् शंकरको आराधना गर्ने वा प्रत्येक शनिवार पीपलको पूजा गर्ने अथवा महाकाल शनिमृत्युञ्जय स्तोत्रको पाठ गरेमा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् :   सलमान ल्याउने भन्दै लाखौं ठगेको अभियोगमा गुरुङ पक्राउ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रारम्भमा तपाईंको आफ्नै राशिमा राशिपति बुधका साथमा सूर्यको उपस्थिति छ । ११ गतेपछि राशिस्वामी बुधले धनस्थानको भ्रमण गर्ने छ, त्यसैले अत्यन्त अनुकूल महिनाका रूपमा असार महिनाको आगमन भएको छ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । तर भाग्येश शनिश्चर सातौं भावमा बक्री रहेकाले पारिवारिक जीवन र दाम्पत्यसम्बन्धमा अनुकूलता देखिंदैन ।

स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । उता आठौं भावमा रहेका मङ्गल र केतुले महत्त्वाकाङ्क्षी योजना सफल हुन दिंदैनन्, त्यसैले यस महिनामा प्राप्त हुने शुभफलमा अझ बृद्धि गर्न तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने अथवा श्री गणेशको उपासना गर्दा लाभ हुनेछ । खासगरी यस महिनाको सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तपाईंले यो महिना क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । परिवारमा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन ।

जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन गर्नु पर्ने छ । भाग्येश बृहस्पतिसमेत बक्री रहेकाले आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । समग्रतामा यो महिना प्रतिकूल समय छ । खासगरी यस महिनाको ०१, ०२, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अलि बढी संवेदनशील दिन हुनेछन् । त्यसैले यस महिनामा शुभफल प्राप्त गर्न भगवान् नारायणको उपासना गर्ने अथवा दैनिक रूपमा नारायण कवच, दुर्गा कवच वा दुर्गा चालिसाको पाठ गरेमा शुभ हुनेछ ।

यो पनि पढ्नुहोस् :   आजको राशिफल : मिति २०७५ साल आषाढ ३० गते, द्वितीया तिथि शनिबार

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राम्रो महिना छ, इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस असार महिनाको आगमन भएको छ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ ।

समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । पञ्चमेश बृहस्पति र पाँचौं भावमा रहेको शनिश्चर दुबै बक्री हुनाले सन्ततिको उन्नतिप्रगति, स्वास्थ्यस्थिति र आचरण चिन्ताको विषय बन्नेछ । प्रेमसम्बन्धमा उतारचढाव आइरहने सङ्केत छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिनामा कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले कुल, पितृको आराधना, बृद्धबृद्धाको सेवा र भगवान् सूर्यनारायणको उपासना गर्नु राम्रो हुन्छ ।

बाकीँ जान्न भिडियो हेर्नुहोस् …

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।