पोखरा विमानस्थल : ३० यात्रु सवार यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिपछि…

गते प्रकाशित

कास्की । पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ।

चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौँबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ : पूर्व राजा ज्ञानेन्द्र !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।