आज ब्राजिलले हार्ला कि जित्ला ? यस्तो छ विगतको इतिहास

गते प्रकाशित

काठमाडौं । विश्वकप फुटवलमा आज ठुला खेल हुँदैछन । अरु खेलको तुलनामा जर्मनी र मेक्सिको तथा ब्राजिल र स्विजरल्याण्डविच हुने खेलमा सबैको चासो छ ।

त्यो भन्दा पनि ५ पटकको विजेता ब्राजिललाइ धेरैले महत्वका साथ हेरेका छन् । फुटबल पण्डितहरूले ब्राजिलले २००२ यताको उत्कृष्ट टोली पाएको बताइरहेका छन् ।

यद्यपी समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डले उसलाई कडा चुनौति दिन सक्छ । स्विट्जरल्याण्ड पनि ब्राजिललाई पराजित गरेर आफु बलियो टोली भएको प्रमाणित गर्न चाहान्छ ।

‘हेड टु हेड’मा को बलियो ?
अहिलेसम्म ब्राजिल र स्विट्जरल्याण्ड आठ पक आमने सामुने भएका छन् । जसमा ब्राजिलले तीन जित निकालेको छ, भने स्विट्जरल्याण्ड २ जित दर्ता गरेको छ ।

यी दुई टोली तीन खेल बराबरी खेलेका छन् । ब्राजिलले स्विट्जरल्याण्ड विरुद्ध १० गोल गरेको छ, भने स्विट्जरल्याण्डले आठ गोल गरेको छ । यी दुई टोलीबीच विश्वकपमा एकपटक भेट भएको छ ।

त्यो खेल २–२ को बराबरीमा सकिएको थियो । पाँच पटकको विश्व विजेता ब्राजिल विश्व वरियाताको दोस्रो नम्बरमा छ, भने स्विट्जरल्याण्ड छैटौं नम्बरमा छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीले नैतिकता गुमाएः कांग्रेस नेता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।