शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

गते प्रकाशित

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९३ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा र विक्रिदर २९ रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३८ पैसा र विक्रिदर २९ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ २८ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ २७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ४९ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ०८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृह मन्त्रालयको निर्देशन

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।