माइक्रो र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ९ जना घाइते

गते प्रकाशित

चितवन – इच्छाकामना गाउँपालिकामा माइक्रो र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन् ।

शुक्रबार बिहान सवा ७ बजेतिर इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारको पानीधारामा पोखराबाट काठमाडाैंका लागि छुटेको ग १ ख ७६९२ माइक्रो र ना ४ ख ४०६४ नम्बरको ट्रक ठोक्किँदा तीन जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन। घाइते ९ जनालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   काठमाडौंमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।