शहरुख खान अभिनित फिल्म ‘जिरो’ को ईद बिशेष टिजर सार्वजनिक

गते प्रकाशित

शहरुख खान अभिनित फिल्म ‘जिरो’ को ईद बिशेष टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा शाहरुखको साथमा सलमान खानपनि देखिएका छन । दुवै खानलाई टिजरमा जबरजस्त रमाईलो रुपमा देख्न सकिन्छ ।

टिजरमा देखाए अनुसार सलमान शाहरुखभन्दा पछि प्रवेश गर्छन र भन्छन,‘यार बउजा सुनेको थिएँ जसको पछि लाग्छौ उसको पुरै जिन्दगी बनाईदिन्छौ रे ।’ टिजरमा शाहरुख र सलमानको नृत्य पनि देख्न सकिन्छ ।

फिल्ममा शाहरुखको भुमिका बौनेकको छ । त्यसकारण पनि सलमानको अगाडी शाहरुख धेरै छोटा देखिएका छन । प्रर्दशित टिजरमा सलमान शाहरुखलाई आफ्नो काखमा लिएका देखिन्छन । सलमानले शाहरुखलाई काखि च्यापेको समयमा उनको गालामा किस पनि गरेको देख्न सकिन्छ ।

आनन्द एल रायको निर्देशन रहेको यो फिल्म २१ डिसेम्बर २०१८ मा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अतिरिक्त अनुष्का शर्मा र कैैटरिना कैंफलेपनि अहम भुमिका निभाएकी छिन ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।