मधुमेह रोगीलाई अन्डा

गते प्रकाशित

काठमाडौँ — मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा हुने रहेछ । यस्तो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा पछिल्लो अध्ययनमा दाबी गरिएको छ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित उक्त अध्ययनअनुसार, सातामा १२ वटासम्म अन्डा खानाले टाइप–२ डाइबिटिजका बिरामीलाई मुटुको रोगको कुनै जोखिम हुँदैन ।

अन्डामा कोलेस्ट्रोलको स्तर बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीलाई सामान्यत: अन्डा नखाने सल्लाह दिइन्छ । तर अध्ययन अनुसार अन्डाले रगतको कोलेस्ट्रोलको स्तरमा असर गर्दैन ।
मधुमेहको पूर्वअवस्थामा र टाइप–२ मधुमेहका बिरामीका लागि अन्डा खाने सुरक्षित स्तर के होभन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ, तैपनि अध्ययनले औँल्याएको छ— यदि अन्डा तपाईंको नियमित खानपानको अंग बनिसकेको भए खान नरोक्दा हुन्छ ।

अन्डा प्रोटिन र सूक्ष्म पोषक तत्त्वको राम्रो स्रोत हो । यो खाँदा थुप्रै फाइदा हुन्छ। यो आँखा र मुटुक स्वास्थ्यका लागि राम्रो छ नै, रक्तवाहिनीलाई स्वस्थ राख्नसमेत सघाउँछ। गर्भावस्थामा चिकित्सकहरू अन्डा खान सल्लाह दिन्छन्।यसको सेवनको सल्लाह दिइन्छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्याजको प्रयोगले तीन मिनेटमै निको पार्छ दाँतको दुखाई, यि हुन अन्य ५ घरेलु उपाय

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।