सिंगापुरमा आफ्नै शौचालय बोकेर गएका थिए किम, आखिर किन ?

गते प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगेका उत्तर कोरियाली नेताले आफ्नो व्यक्तिगत शौचालय लिएर गएका छन् ।

किमले सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले आफ्नै शौचालय लिएर गएका हुन् ।

दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोले एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको लेख्यो ।

सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए ।

‘सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा उत्तर कोरियाका नेताले यात्रा गर्ने क्रममा निजी शौचालय प्रयोग गर्छन्,’ लीले द वाशिङटन पोस्टलाई बताए ।

किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको छ ।

‘किमको दिसामा उनको स्वास्थ्यस्थितिको जानकारी अवश्य हुन्छ, त्यसैले त्यसलाई त्यत्तिकै छोड्न मिल्दैन,’ लीले व्याख्या गरे ।

किमले देशभित्रै पनि सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन् । किमको गाडीमा पनि एउटा शौचालय फिट गरिएको हुने दक्षिण कोरियाली समाचार संस्था डेलीएनकेले लेखेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।