यी हुन यसपालिको विश्वकपका आठ दाबेदार टीम

गते प्रकाशित

काठमाडौं । विश्वकप नजिकिँदै गर्दा यसपालिको च्याम्पियन टीम कुन होला भनी धेरैको मनमा प्रश्न उठ्न थालेको छ ।

धेरैजसो विज्ञहरूले यसपालि ब्राजिल र जर्मनीको सम्भावना रहेको धेरैले बताएका छन् । त्यसपछि फ्रान्स र अर्जेन्टिनाको नाम आइरहेको छ ।

बेल्जियम, स्पेन, पोर्चुगल र इंग्ल्यान्ड पनि क्वार्टरफाइनलसम्म चाहिँ पुग्ने अनि ताल परे फाइनलमै पुग्ने अनुमान गरिएको छ ।

टप वेबसाइटहरूले खेलाडीको प्रदर्शन, टीमको प्रदर्शन, –यांकिङ लगायतका आधारमा पूर्वानुमान गरेका हुन् ।

उता ब्राजिलका महानतम खेलाडी पेलेले चाहिँ आफ्नै टोलीलाई यसपालिको दाबेदार मानिरहेका छैनन् । ब्राजिल टीम सन्तुलित नभएको उनको भनाइ छ ।

अहिलेसम्मका विश्वकपमा २४ टोली मात्र सेमिफाइनलमा पुगेका छन् । तीमध्ये १२ टोलीले मात्र फाइनल खेलेका छन् अनि आठ टोली च्याम्पियन बनेका छन् ।

सेमिफाइनलमा सर्वाधिक धेरै १३ चोटि पुग्ने टीम जर्मनी हो । उसले १२ चोटि टप ३ मा स्थान बनाएको छ ।

जर्मनी आठचोटि र ब्राजिल सातचोटि फाइनलमा पुगसकेको छ । इटली ६ चोटि अनि अर्जेन्टिना पाँचचोटि फाइनलमा पुगेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मोरक्को बाहिरियो, रोनाल्डोको गोलले अन्तिम १६ मा पोर्चुगल लगभग पक्का !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।