नेपालका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

गते प्रकाशित

अमेरिका । बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ।

स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्। बाल्टिमोर काउन्टीको विकास निर्माणको योजना आयोग सदस्यका रुपमा २०१३ सालदेखि काम गरिरहेका भण्डारी यहि जुन २६ तारिकमा हुने मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राईमरी चुनाव लड्न लागेका हुन।

आफुले अहिलेसम्म पार्टीको विभिन्न तहमा बसेर गरेको काम र स्थानीय तहमा संलग्नताको आधारमा पाएको मतदाताको प्रतिक्रिया हेर्दा प्राईमरी निर्वाचन जित्नेमा ढुक्क रहेको उनले बताए। उनी युथ डेमोक्र्याटको नेसनल सेक्रेटरी, अमेरिकन शिक्षक युनियनको भर्खरै मात्र निर्वाचीत मेरिल्याण्डका प्रतिनिधि र डेमोक्र्याट पार्टीभित्र अल्पसंख्यक कससका बोर्ड डाईरेक्टर हुन्। उनले हिलारी क्लिन्टनको निर्वाचनमा नेपाली फर हिलारी भनेर अभियान चलाएका थिए। अमेरिकी डेमोक्र्याट पार्टीमा उपल्लो स्तरमा सम्बन्ध स्थापित गरेका ह्यारीले अमेरिकमा पहिलो पल्ट एसियन अमेरिकन ककस बनाउन निकै ठूलो भूमिका खेलेका थिए।

भण्डारी चुनावी अभियानका क्रममा १८ हजारमध्ये १२ हजार घरमा पुगेर प्रत्यक्ष रुपमा जनताबीच मत मागेका छन्। घर दैलोमा पुग्न नसकिएको घरहरुमा हुलाकबाट चुनावी एजेण्डाहरु पठाएर, व्यस्त चोकहरुमा ह्यारीको व्यानर लिएर प्रचार प्रचार भैरहेको छ। ८० प्रतिशत ह्वाईट अमेरिकनका बीच चुनावी प्रतिष्पर्धामा होमिएका भण्डारी मेरिल्याण्डका चर्चित सिनेटर क्याथी कलौजमैरको टिममा परेका छन्। क्याथी डेमोक्र्याट पार्टीको संस्थागत प्यानलका प्रभावशाली नेता मानिन्छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।