नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको पद संख्या घटाइयो

गते प्रकाशित

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात एआइजिपी पद संख्या घटाउने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना र सशस्त्र प्रहरीमा दुई जना मात्रै एआइजी राख्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एआइजीको संख्या निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।

गृहमन्त्री रामबहादुर थापाले सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रस्तावअनुसार दुवै प्रहरीमा अनावश्यक रहेको एआइजीको दरबन्दी घटाउने निर्णय लिएका थिए। थापाको प्रस्तावलाई आजको मन्त्रीपरिषद बैठकले पारित गरेको हो।

यसअघिको सरकारले नेपाल प्रहरीमा एआइजीको संख्या १६ पुर्याएको थियो भने सशस्त्र प्रहरीमा एआइजी संख्या नौ पुगेको थियो।

आजको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा दरबन्द थप गर्ने निर्णय पनि गरेको छ । तीन हजार एक सय एक दरबन्दी थप्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । चालु आर्थिक वर्षमा नै एक हजार ६ सय प्रहरी थप्ने र बाँकी अर्को आर्थिक वर्षमा पूर्ति गरिने बाँस्कोटाले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।