सुनचाँदीको मूल्य बढ्यो, आजको मूल्य कति ?

गते प्रकाशित

काठमाडौं । बजारमा सुनको मूल्य आज थप बढेको छ । आज सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मंगलबार रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको मूल्य केही घट्यो

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।