त्रिभुवन विश्वविध्यालयमा बजेट २०७५/०७६ माथि बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गते प्रकाशित

काठमाडौं, जेठ २३ : स्कुल अफ म्यानेजमेन्ट , त्रिभुवन विश्वविध्यालय (SOMTU) को आयोजनामा आ.व २०७५/०७६ को बजेटमाथि बिज्ञहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफलमा राष्ट्र बैंकका पूर्व गभर्नर श्री दिपेन्द्र पुरुस ढकाल तथा अर्थशास्त्री एवम पूर्वयोजना आयोगका सदस्य तथा पुर्व सांसद डा. डिल्ली राज खनाल को उपस्थिती रहेको थियो। उक्त बहसमा बजेटका विभिन्न पक्ष-विपक्ष माथि उहाँहरुले आफ्नो धारणा ब्यवस्थापन संकायका विद्धार्थीहरु समक्ष प्रस्तुत गर्नुभयो। उक्त कार्यक्रम ब्यवस्थापन संकाय त्रिभुवन विश्वबिद्यालयका डिन प्रोफेसर डिल्ली राज शर्माको उपस्थिति तथा स्कुलका निर्देशक प्रोफेसर महानन्द चालिशेको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा ब्यवस्थापन संकायका करिब ८० विद्धार्थीहरु सहभागी थिए।

उहाँहरुले यस आर्थिक बर्षको बजेट माथि छलफल गर्ने क्रममा वहाँहरुले बजेटलाइ याथार्थ धरातल माथि टेकेर आएको टिप्पणी गर्नुभयो भने बजेटले राखेको ८ प्रतिशतको आर्थिक बृदिदर माथि भने विभिन्न तथ्य प्रस्तुत गर्दै आशंका प्रकट गर्नुभयो। उहाँहरुले बजेटमा यसपालि अघिल्ला बर्षभन्दा शिक्षा, स्वास्थ तथा कृषि क्षत्रमा विनियोजित बजेट अलि बढेपनि सन्तोसजनक नभएको बताउनुभयो। बजेटले कृषिलाइ अलि प्राथमिकता दिएको छ भन्ने कुरामा दुवै बक्ताको समान धारणा बुझ्न सकिन्थ्यो भने त्यसैगरि पूर्वाधारको क्षत्रमा जति हुनुपर्ने र जसरि आउनु पर्नेथ्यो नआएको बताउनुभयो। बजेटमाथि बोल्दै उहाँहरुले बजेटका धेरै राम्रा कुरा भएता पनि २/३ मत भएको सरकार जसले आगामी ५ बर्ष शासन गर्दैछ त्यस्तो सरकारले ल्याएको बजेट चित्त बुझ्दो नभएको कुरा औल्याउनु भयो। पूर्व गभर्नर श्री दिपेन्द्र पुरुस ढकालले ब्यापार घाटा कम गर्न खासै ठोस कुरा केहि नआएको र उक्त कुरा महत्वपुर्ण भएको बताउनुभयो। तेस्तै गरि  डा. डिल्ली राज खनालले आफ्नो धारणा राख्ने क्रममा बजेटको भित्रि पाटो तथा परिवेसलाइ हेरेर मात्र खण्डन गर्न सुझाब दिनुभयो। उहाले बजेटलाइ केहि कम मात्रामा आएको र यदि कार्वान्वयन गर्ने प्रयत्न गर्ने हो भने सकिने गरि यो बजेट आएको विध्यार्थी माझ जानकारी गराउनुभयो। उहाले बोल्ने क्रममा कृषि माथि जसरि आधारित भएर आएको बजेटलाई सकारात्मक भन्दै यसको कार्यान्वयन महत्वपुर्ण रहेको कुरा ब्यक्त गर्नुभयो। उहाले बजेटले निजि क्षेत्रलाइ समेट्न कोशिस गरेको भएता पनि निजि क्षेत्रलाइ बिस्वस्त पार्न नसकेको जिकिर गर्नुभयो। उहाले लगानीको आधारहरु औल्याउन पनि बजेट अलिकति चुकेको होकी भन्ने धारणा राख्नुभयो।

श्री दिपेन्द्र पुरस ढकालले यस अघि गरिएको जस्तो योगदानमा आधारित पेन्सनको ब्यवस्थालाइ लागुगर्ने उदेश्य साथ जसरि मितिनै तोकी बजेट आएको छ त्यो राम्रो संकेत भएको भन्दै बजेटलाई तेसैगरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाले सरकारले ल्याएको करको दायरामाथि विभिन्न दृष्टिकोण राख्दै टिप्पणी ब्यक्त गर्नुभयो भने डा. डिल्ली राज खनालले करको दायरा ठिकै भएपनि पुंजीगत लाभांसलाइ भने पुनरावलोकन गर्नुपर्ने बताउनुभयो उहाँहरुले हाल बजेटल पुंजीबाजार माथि परेको असर कम गर्न लाभांस माथि लागिने करको पुनरावलोकन आवश्यक रहेको स्पस्ट पार्नुभयो। समग्रमा उहाँहरुले बजेट  ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको उदेश्य अनुरुप आएको र आगामी दिनमा कार्यान्वयनमा ध्यान दिनुपर्ने कुरा औंल्याउनु भयो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।