कोकिन तस्करीको आरोपमा हङकङमा एक नेपाली पक्राउ

गते प्रकाशित

काठमाडौं । हङकङमा एक नेपाली युवकलाई ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ ।

हङकङ प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरुले ती युवकलाई ओल्डबेली स्टि्रटबाट बिहीबार पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

हङकङको एक रेस्टुरेन्टमा वेटरको काम गर्ने ती युवकले झोलामा साढे तीन किलो कोकिन जस्तै देखिने वस्तु बोकेकाले उनलाई पक्राउ गरिएको जनाइएको छ ।

अधिकारीहरुले उनीमाथि लागुपदार्थ ओसारपसार गरेको आरोप लगाएका छन् । प्रहरीले उक्त अवैध लागुपदार्थको कारोबारमा संलग्न अन्यको खोजी गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हङकङको कानूनअनुसार प्रतिबन्धित लागुपदार्थको ओसारपसार गर्नेलाई पचास लाख हङकङ डलर जरिवाना र जन्मकैद हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।