Under Menu add (Inside news)

युवतीले हस्तमैथुन गर्दा योनि खुकुलो हुन्छ, कि हुँदैन ?

म १७ वर्षीया युवती हुँ । मलाई सेक्स गर्न मन लाग्छ । यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ । तर, मैले त्यसो नगरी आफ्नै औँला योनिमा पसाएर यौन सन्तुष्टि लिइरहेको छु । योबाहेक महिलाले कसरी हस्तमैथुन गर्छन् ? यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन ? के हस्तमैथुन गर्दा योनि खुकुलोे हुन्छ ?

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् ।

योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ ।

तपार्इंले यो उमेरमा पुरुषसँग यौनसम्पर्क नराखी हस्तमैथुनको उपाय रोजेर राम्रो गर्नुभएको छ । तपाईंको बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो । यो उमेरमा तपाईंजस्ता धेरै महिलाले विभिन्न उपायबाट हस्तमैथुन गर्ने गर्छन् । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यहीअनुसार हस्तमैथुन गर्दछन् ।

सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन ।

चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायत शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुम्सुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।

हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदा नै गर्छ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिलाउँछ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेका छन् । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन ।

हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । बढी मात्रामा हस्तमैथुन गर्नु भनेको पनि शरीरका लागि हानि गर्नु हो ।

यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि हुँदैन । हप्तामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनअघि ध्यान दिनुपर्दछ । महिलाले योनिमा औँला पसाउनेदेखि लिंग आकारको वस्तु पसाउने गर्छन् ।

अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौन आनन्द लिने गर्दा भोलि आफ्नो यौन साथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्ने गरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफासुग्घर हुन आवश्यक छ ।

यदि ती वस्तु साफ छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखापर्न सक्छन् । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनुआवश्यक छ । बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौन सन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहारा लिन पर्ने हुन सक्छ ।

महिलाहरूमा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम रहेको छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । योनिमा वस्तु तथा औँला छिराउँदा योनिको झिल्ली भने च्यातिने गर्दछ । हाइमिन झिल्ली च्यातिुन भनेको हाम्रो समाजमा कुमारित्व गुमाउनु भन्ने बुझिन्छ ।

अहिलेको समयमा महिलाहरू खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झिल्ली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ । योनिको सालाखाला लम्बाइ यस्तै तीन इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र चार इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि हुँदैन ।

म ३४ वर्षको भएँ । मलाई यौनसम्पर्कका क्रममा नयाँ तरिका अपनाउन मन पर्छ । तर, मैले सुनेअनुसार यौनसम्पर्कको तरिका मिलेन वा कुनै पोजिसनमा गडबडी भयो भने लिंग भाँचिन सक्छ । के यो सत्य हो ? के गर्दा लिंग फ्य्राक्चर हुन सक्छ ?

यौनसम्पर्कका नयाँ तौरतरिका अपनाउनु र बढीभन्दा बढी आनन्द लिन खोज्नु राम्रो कुरा हो । तर, टेलिभिजन तथा इन्टरनेटमा देखाइएका नीला फिल्ममा जस्तो सबै तारिका अपनाउँछु भन्दै जबर्जस्ती यौनसम्पर्कको आनन्द लिन खोज्दा लिंग फ्य्राक्चर हुने खतरा रहन्छ । गलत ढंगबाट यौनसम्पर्क गर्ने तथा लिंगमा बढी जोड दिने कार्य गर्दा फ्य्राक्चर हुन सक्छ । लिंगभित्र दुईवटा नली हुन्छन्, जो मांसपेशीका बीचमा हुन्छन् ।

सेक्सको समयमा यो मांसपेशी कडा हुन्छ । त्यतिखेर यो मांसपेशीमा तनाव हुन्छ । यस्तो स्थितिमा तन्तुमा आघात पुग्न सक्छ । यौनसम्पर्कका क्रममा बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ््रयाक्चर हुन सक्छ । लिंगमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ ।

जब लिंगका तन्तुहरू चुँडिन्छन् त्यसलाई पेनाइल फ्य्राक्चर भनिन्छ । त्यस क्रममा हल्का रगत पनि निस्कन्छ । लिंग सुन्निन्छ र नीलो हुन्छ । यस्तो अवस्थामा लिंगमा असह्य पीडा हुन्छ । लिंगलाई जबर्जस्ती बटार्दा पनि पेनाइल फ्य्राक्चर हुन्छ । महिलामाथि हुने आसनका कारण पनि पेनाइल फ्य्राक्चर हुने सम्भावना हुन्छ । पेनाइल फ्य्राक्चरको एक मात्र समाधान अपरेसन हो । अपरेसनपछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ । यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रूप पनि लिन सक्छ ।

मानिसहरू विभिन्न तरिकाले सेक्स गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सेक्स सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्य्राक्चर हुने समस्या देखिएको छ । यी पोजिसनमा होसियारी नपु¥याउँदा र जोसमा होस गुमाउँदा फ्य्राक्चरको सम्भावना रहने गर्दछ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि खतरनाक हुने भएको हो ।

71

Loading...