The news from New Generation with new vision.

रुकुममा टयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु

रुकुम । रुकुममा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । गाउँपालिका –१ पञ्चासेमा रा १ त २२६१ नम्बरको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइतेको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बसुन्धराका २० स्थानमा सिसिटिभी जडान
सम्बन्धित पाेष्टहरु