बुधबार साँझ रुपन्देहीमा गोली चल्यो

गते प्रकाशित

रुपन्देही : बुधबार साँझ रुपन्देहीमा गोली चलेको छ। मोटरसाइकलमा सवार एक अपरीचित व्यक्तिले तिलोत्तमा नगरापलिकाको मणिग्राममा गोली प्रहार गर्दा एक मजदुर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार गोली लागेर घाइते भएका मजदुर रुपन्दहीकै मर्चवार क्षेत्रका हुन्।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी पाण्डेको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार रातो रङको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले बाइक रोकेर गोली प्रहार गरेका थिए। घटनाको थप विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।