सन्दीपको अर्को फड्को- मोर्गनको कप्तानीमा विश्व- ११ बाट खेल्ने  

गते प्रकाशित

काठमाडौं । नेपाली युवा क्रिकेटरसन्दीप लामिछाने विश्व- ११ का तर्फबाट वेस्ट इण्डिजविरुद्ध खेल्ने टोलीमा परेका छन् ।

यही मे महिनाको ३१ तारिखमा विश्व- ११ र वेस्ट इण्डिजबीच टी-ट्वान्टी खेल हुँदैछ ।

बंगलादेशका अलराउण्डर सकिब उल हसनले पारिवारिक कारणले नाम फिर्ता लिएपछि उनको साटो सन्दीपले मौका पाउने भएका हुन् ।

सन्दीपले खेल्ने टोलीको नेतृत्व इंग्लिस कप्तान इयान मोर्गनले गर्नेछन् ।

टोलीमा सन्दीप र मोर्गनका अलावा शाहीद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकक्लायनघन, सोहेब मलिक, हार्दिक पाण्डेय, थिसेरा परेरा, लुक रंकीलगायतका विश्वचर्चित खेलाडी छन् ।

सन्दीप हाल आईपीएल खेल्न दिल्लीमा छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आजको राशिफल : मिति २०७५ साल साउन ३० गते, चतुर्थी तिथि बुधबार

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।