आज पनि बढ्यो कतार, दुबई र मलेसियाको पैसाको भाउ

गते प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ र विक्रिदर २ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उकालो लाग्यो सुनचाँदीको मूल्य, कति छ आज ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।