टुक्रा-टुक्रा अवस्थामा भेटियो मकालु एयरको विमान, चालक दलका दुई सदस्यको मृत्यु

गते प्रकाशित

सुर्खेत । सम्पर्कविहीन मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रत अवस्थामा फेला परेको छ।

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमान टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको सुर्खेत विमानस्थल प्रमुख विनोद कुमार पन्तले लोकान्तरलाई जानकारी दिए।

नाइन एन ए जे यु कलसाइनको विमानमा चालकदलका दुई सदस्य रहेका थिए । विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए उनीहरु दुबैको मृत्यु भएको खबर आएको पन्तले बताए।

सामान लिएर सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विहान ६स् ५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान त्यअघि नै सम्पर्क विच्छेद भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।