फेसबुकले डेटिङ एप बनाउँदैं, अब जोडी पनि खोजिदिने !

गते प्रकाशित

एजेन्सी । फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो कम्पनीले चाँडै नै डेटिङ एप ल्याउने घोषणा गरेका छन् ।

उनको यो घोषणासँगै अन्य जोडी बाँध्ने सेवा प्रदान गरिरहेका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आएको छ । फेसबुकको यो सेवाले टिन्डरजस्ता लोकप्रिय सेवासँग प्रतिस्पर्धा गर्नेछ ।

‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन्,’ जुकरवर्गले भने, ‘र हामी अर्थपूर्ण सम्बन्ध निर्माणका लागि प्रतिबद्ध छौँ ।

भर्खरै क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको नामले परिचित तथ्यांक चुहावटसम्बन्धी विवादले घेरिएका जुकरवर्गले आफ्नो मुख्य प्राथमिकता प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्नु रहेको बताए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।