मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षा

गते प्रकाशित

खोटाङ : मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षाको प्रबन्ध गर्दै आएको समता स्कुलले खोटाङमा पठन–पाठन सुरु गरेको छ ।

सामुदायिक तथा निजी विद्यालयले भर्ना अभियान चलाइरहेका बेला समता स्कुलले बुधबारदेखि पठन–पाठन सुरु गरेको समता स्कुलका पूर्वाञ्चल संयोजक सन्तोष श्रेष्ठले बताउनुभयो ।

नेपालमा सन् २००१ बाट सुरु भएको समताले ४४ औं जिल्लाका रुपमा खोटाङमा नयाँ शैक्षिकसत्रदेखि नर्सरीदेखि कक्षा १ सम्मको पठन–पाठन थालेको हो ।

समतामा नर्सरीमा ११५ जना, एलकेजीमा ५५ जना, यूकेजीमा ५५ जना र कक्षा १ मा ५५ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको पूर्वाञ्चल संयोजक श्रेष्ठले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।