पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

गते प्रकाशित

काठमाडौँः नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले प्रतिलिटर पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ वृद्धि गरेको हो ।

सोमबार बसेको निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ ।

यसअघि पेट्रोलको प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८५ रुपैयाँ कायम भएको थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   वार्तामा आउन डा.केसीलाई प्रधानमन्त्रीको सन्देश, अनसन तोडेमा प्रधानमन्त्री आफैंले वार्ता गर्ने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।