७० वर्षको उमेरमा घतलाग्दो अनुभव : शौचालयमा पहिलोपटक शौच !  

गते प्रकाशित

रौतहट । गडीमाई नगरपालिका–१ का जनकधारी साह ७० वर्षका भए । साहले जीवनमा धेरै अनुभव बटुले, कमै मात्र स्मरणीय छन् ।

loading...

७० वर्षको उमेरमा साहकै भाषामा ‘तीन दिनअघि हालसम्मकै घतलाग्दो अनुभव’ रह्यो । घरसँगै जोडिएको पक्की शौचालयमा छिरेर उनले पहिलोपटक शौच गरे ।

शौचालय गर्न ३ दिन अघिसम्म बाग्मती नदीको किनारामा धाउने साह रौतहटका एक्ला होइनन् । जिल्लामा अझै पनि शौचालय प्रयोग र पहँुचको अवस्था नाजुक छ ।

वृद्ध अवस्थामा पुगेपछि बल्ल उनले घरको झ्यालसँगै जोडेर शौचालय बनाएका छन् । सरसफाइ अभियानकर्ताहरूको प्रेरणाले नै शौचालय बनाएको उनी बताउँछन्। ‘घर मे सेप्टी बनाके बहुत फाइदा मिलल, ताकि बाहर जाएके झन्झट मुक्त होगैल बा,’ साहले मातृभाषा बज्जिकामा भने।

यो उमेरमा आएर उनमा शौचालय बनाउनुपर्ने ज्ञान मात्र छैनन्, सरकारको अनुदानको आँखा ताक्नु राम्रो होइन भन्ने पनि सिके । त्यसैले गाउँमा शौचालय निर्माण अभियानमा जोडिएर उनले आफ्नैखर्चमा बनाए।

यतिबेला गाउँमा शौचालय बनाउने अभियान नै चलेको छ, राजधानी दैनिकमा खबर छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई ठक्कर  
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।