ग्रान्डी अस्पतालको छैटौं तलाबाट हाम्फालेर १६ वर्षे युवकद्वारा आत्महत्या

गते प्रकाशित

काठमाडौं । ग्राण्डि अस्पतालमा उपचारका लागी भर्ना भएका १६ वर्षीय युवकले छैटौं तलामाथीबाट हाम्फालेर आत्महत्या गरेका छन् । स्यांङ्जा फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए ।

शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।

चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।

कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   फेरी लियो टिपरले ज्यान

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।