कतारमा नुवाकोट समाजको नयाँ वर्ष धमाका, गायक मदन थापाले धुम मच्चाउने

गते प्रकाशित

कतार । नुवाकोट सेवा समाज कतारले गर्न लागेको नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रममा धुम मच्चाउन गायक मदन थापा सहितको टोली कतार आउने भएको छ।

नुवाकोट सेवा समाज दोहा कतारले आयोजना गरेको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित तथा नुवाकोटकै रैथाने भर्सटाईल गायक मदन थापा लगायत चर्चित लोकदोहोरी गायिकाद्वय स्मृति गौतम र मनमाया वाईबा संगै चर्चित आधुनिक गायक रुपक डोटेल आउँदो अप्रिल २० तारिकमा हुने नयाँ बर्ष धमाका २०७५ का लागि कतार आउने कार्यक्रम संयोजक नारायण भण्डारीले बताए।

चुलो बलाउन बोलको सामाजिक गीतबाट औपचारिक साङ्गितिक यात्रा तय गरेका युवा गायक थापाका काठे दोहोरी, पश्चिमे दोहोरी, आधुनिक, लोक पप, सालैजो लगायत करिब २ दर्जन गीत बजारमा आईसकेका छन्।

विगत एक दशकदेखि अनवरतरुपमा लोक दोहोरी क्षेत्रलाई आफ्नो कर्म मान्दै आएका गायक थापाले यस अगाडि नै भारत, मलेसिया, जापान, दुवई लगाएतका थुप्रै देशमा लाईभ दोहोरी तथा सांगीतिक प्रस्तुती दिईसकेका छन्।

ग्रामीण आईडलको दोस्रो अडिसनबाट ११ जना छनौट

नुवाकोट दुप्चेश्वर गाउँपालिकामा जन्मिएका गायक थापा लोक देखि आधुनिक, पप, सालैजो, कौडा, हुँदै र्याप सम्म प्रस्तुति दिन माहिर मानिन्छन्।

कार्यक्रम उद्घोषणदेखि सबै बिधाका गीत संगीतलाई न्यायपुर्ण रूपमा पस्कन सक्ने पछिल्लो समयका चर्चित गायक थापाले हालै संचालन भैरहेको ग्रामीण आईडलमा प्रमुख निर्णायकको भुमिका निर्वाह गरिरहेका छन्

कतारमा आयोजित नयाँ वर्ष धमाकाको व्यवस्थापन हरिराम खड्काले गरेका छन्।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।