प्रतिबन्धित भारु ५० लाखसहित दुई जना पक्राउ

गते प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायाे। भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

भारतमा समेत प्रतिबन्धित हजार र पाँच सय दरका नोट कसरी र कुन प्रयोजनका लागि नेपाल ल्याइएको हो भन्ने विषयमा परिसरले अनुसन्धान गरिरहेको छ ।

परिसरले बुधबार रातिसम्म अनुसन्धान सिध्याएर ती नोटसहित समातिएका दुईजनालाई बिहीबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।