सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !

गते प्रकाशित

दाङ । सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ।

मंगलबार बेलुकी ७ बजेतिर मोटरसाइकलमा कपुरकोटबाट पाखापानी जाँदा बाटोमा सर्पले बाटो छेकेको र रोकेर झरेपछि सर्प मोटरसाइकलमा बसेको पाखापानीका खिमेन्द्र सेनले बताउनुभयो।

सर्पले बाटो छेकेपछि मोटरसाइकल रोकेर आफूले अरुलाई बोलाएको सेनको भनाई छ । सेनले खबर गरेपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यहाँ पुगेका थिए। शुरुमा यस घटनालाई सामान्य रुपमा लिइएको थियो।

त्यसपछि सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमाथि गयो र फेरि झ-यो । त्यसपछि केही पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलको सिटमुनी गएर बसेको छ।

मोटरसाइकलमा बसेको सर्प हेर्न र पूजा गर्न अहिले पनि त्यहाँ घुईंचो लागेको स्थानीय डिलबहादुर बुढाथोकीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   होटेल स्टाफलाई रोनाल्डोले दिए २६ लाख रुपैयाँ टिप्स, स्टाफ परे छक्क !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।