सामान्य ज्वरो आएर अस्पताल भर्ना गरिएका बालकको मृत्यु भएपछि गण्डकी अस्पताल तनावग्रस्त

गते प्रकाशित

पोखरा । उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बालकको मृत्यु भएपछी अस्पताल तनाबग्रस्त बनेको छ ।

loading...

प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालका अनुसार पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी संगिता परियारको साढे २ बर्षको छोरा रोहित परियारको बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बालक रोहित परियारलाई दुई दिन अगाडी चैत २० गते सामान्य ज्वरो आएपछि आफन्तले उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेका थिए।

बिहीबार बिहान ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे बच्चाको मुत्यु भएको हो। डक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा नाराबाजी गरेका थिए।

घटनापछि अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।